हेटौँडाको ओखलढुङ्गे नास्ता घरबाट ७ जना पक्राउ

तु खबर संवाददाता
२०७५ बैशाख ३१, सोमबार २०:१८

हेटौँडा, ३१ बैशाख । वडा प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा २ स्थित मानस चोक नजिकको ओखलढुङ्गे नास्ता घरबाट तास खेलिरहेका ७ जनालाई सोमबार पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ४१ हजार ७ सय १ रुपैयाँ नगद र ५२ पत्ती तास, टेबल थान १ र कलम १ थान फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले हेटौँडा–२ का २ जना, भिमफेदी गाउँपालिका वडा नम्बर १ का १ जना, बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का १ जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, बकैया २ का १ जना र हेटौँडा–४ का १ जना गरि ७ जनालाई पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*