माओवादी केन्द्र मकवानपुरद्वारा प्रदेश कमिटिका पत्रकारलाई सम्मान

तु खबर संवाददाता
२०७५ बैशाख ३१, सोमबार १३:४७

हेटौंडा,३१ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ मा निर्वाचित कार्यसमितिलाई नेकपा माओवादी केन्द्र मकवानपुरले सम्मान गरेको छ । सोमबार बिहान हेटौंडा–४ स्थित पार्टी कार्यालयमा प्रदेशका नवनिर्वाचिन कार्य समितिलाई बधाई तथा शुभकामना दिइएको हो ।

माओवादी मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले महासंघका प्रदेश अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष नानीमैया कार्की, महासचिव कृष्ण सारु मगर, कार्य समिति सदस्य नानीमैया विष्ट लगायतलाई खादा ओढाएर सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै माओवादी मकवानपुरकी इन्चार्ज मोक्तानले केन्द्रीय राजधानी समेत रहेको प्रदेश तीनका पत्रकाहरुको भूमिका सबै क्षेत्रमा महत्वपूर्ण हुने बताए ।

माओवादी मकवानपुरका संयोजक प्रेम बहादुर पुलामीले सञ्चालन गरेको कार्यक्रममा माओवादी मकवानपुरका कार्यालय सदस्य तथा सञ्चार बिभाग प्रमुख कमान सिं पाख्रिन (पृथक), नेताहरु प्रमिला लामा,बाल कुमार मल्ल,नेपाल पत्रकार महासंघ प्रदेश तीनका अध्यक्षका प्रत्यासी गिरीजा अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*