चोरी मुद्धा लागेका हेटौँडाका ३ फरार प्रतिवादी पक्राउ, जरिवाना तिरेर रिहा

तु खबर संवाददाता
२०७५ बैशाख ३०, आईतवार १९:२९

हेटौँडा, ३० बैशाख । चोरी मुद्धामा फरार रहेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ का ३ व्यक्तिहरुलाई पक्राउ गरि जरिवाना तिराएर छोडिएको छ । हेटौँडा–८ बस्ने सुक्रे लोप्चन भन्ने सुर्य राम लोप्चन, चित्रबहादुर लोप्चन र रामबहादुर लोप्चनलाई जरिवान तिराई छोडिएको हो ।

उनीहरुलाई बैशाख २९ र ३० गते ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदातलत मकवानपुरमा उपस्थित गराइएको थियो । उनीहरु प्रत्येकलाई ५ हजार ७ सय रुपैयाँ १० पैशा जरिवा तोकीएको थियो । उनीहरुले जरिवाना तिरेपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*