सिरियामा फेरि ४२ जनाको मृत्यु

तु खबर संवाददाता
२०७५ बैशाख ३०, आईतवार ०८:२६

लेबनान, ३० बैशाख । यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ ।

बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन समूहले भनेको छ, इजरायलले बिहीबार बिहानैदेखि आक्रमण शुरू गरेको थियो । आक्रमणबाट ११ इरानी, छ सिरियाली सेनासहित २७ जनाको मृत्यु भएको छ । मानवअधिकार अनुगमन समूहका अनुसार गत बुधबार पनि इजरायली आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।

सिरियाली सदरमुकाम दमासकस नजिकै भएका आक्रमणमा इजरायली सम्लग्नता रहेको सिरियाली अधिकारीले पुष्टि गरेका छन् ।

उता इजरायलले भने इरानद्वारा गोलन हाइट क्षेत्रमा गरेका रकेट आक्रमणको बदलावरूप सिरियास्थित इरानी सैनिक अखडामा आक्रमण गरेको पुष्टि गरेको छ ।(रासस/एपी)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*