पत्रकार मणिराज र सुनिल गौतम सम्मानित

तु खबर संवाददाता
२०७५ बैशाख २९, शनिबार २१:२३

मकवानपुर / गौतम समाज मकवानपुरले दुई जना क्रियाशील पत्रकारलाई सम्मान गरेको छ । पत्रकार मणिराज गौतम र सुनिल गौतमलाई समाजले पत्रकारिता मार्फत् योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

आज भएको गौतम समाजको जिल्ला भेला तथा वार्षिक साधारणसभामा उनीहरुलाई सम्मान गरिएको हो । समाजका अध्यक्ष राजु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रीय सल्लाहकार विदुर गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलामा संस्थाका सचिव अभिमन्यू गौतमले संस्थाको वार्षिक प्रगति विवरण आगामी वर्षका लागि अनुमानित कार्यक्रमहरु पेश गरेका थिए भने कोषाध्यक्ष भवनाथ गौतमले चालू आवको हालसम्मको २२ हजार ५ सय ४७ वरावरको आय ब्यय प्रस्तुत गरेका छन् ।

त्यसैगरी गौतम समाज मकवानपुरलाई यहाँसम्म ल्याईपुर्याउन उल्लेखनीय योगदान पुर्याउनुहुने समाजका सल्लाहकार बसन्तराज गौतम र उमाकान्त गौतमलाई समेत सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*