पुरुषले पनि नर्सिङ पढ्न पाउने व्यवस्था मिलाउँछु : मेयर महत

तु खबर संवाददाता
२०७५ बैशाख २९, शनिबार २०:४५

मकवानपुर / नेपाल नर्सिङ संघ मकवानपुरको आयोजनामा आज हेटौंडामा भएको कार्यक्रममा उनीहरुले आफूले जागीरेको रुपमा भन्दा पनि सेवा भावनाले काम गरिरहेको बताएका छन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवशको अवसरमा आयोजित सो कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । नर्सिङ पेशामा लागेर सेवामूलक काम गरिरहेकोमा उनीहरुले गर्व समेत गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले नर्सहरुको कार्यको सधैं मूल्याङ्कन गरिने धारणा राखे । सो अवसरमा मेयर महतले पुरुषलाई पनि नर्सिङ अध्ययनको व्यवस्था मिलाइने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाई, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका अध्यक्ष हरिबंश भेटवाल, हेटोंडा अस्पतालका डाक्टर राजु सेडाई, नर्सिङ संघका सल्लाहकार रत्ना गुरागाईलगायतकाले मन्तव्य ब्यक्त गरेका थिए । नेपाल नर्सिङ संघ मकवानपुरका अध्यक्ष कुन्ता दाहालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*