मकवानपुरगढीमा बालसंरक्षण समिति गठन अभियान
शिव वियोगी
मकवानपुर २८ बैसाख । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा बालसंरक्षण समिति गठन कार्यले तिब्रता पाएको छ । बालकल्याण समाज मकवानपुरले प्लान इन्टरनेशनलको सहयोगमा गाउँपालिकाका विभिन्न वडामा वडास्तरिय बाल संरक्षण समिति गठन कार्य गरिरहेको हो । गाउँपालिकामा बालबालिका संरक्षणमा टेवा पु¥याउने उद्घेश्यले बाल संरक्षण समिति गठन भएको हो ।
शुक्रबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा वडा अध्यक्ष बखानसिं पाख्रीनको अध्यक्षतामा १५ सदस्यीय वडा स्तरिय बालसंरक्षण समिति गठन गरिएको छ । समिति सदस्य सचिवमा वडा सचिव ज्ञानु तिमल्सिना रहेकी छिन् भने वडामा रहेका विभिन्न विद्यालय, बालक्लव, जन प्रतिनिधी, होटल व्यवसायी, महिला स्वयम् सेविका लगायत सदस्य छन् । समिति सदस्यहरुमा सावित्री विश्वकर्मा, दाशरथी उपाध्याय, कल्पना गौतम, तेजकुमारी अवस्थी, गोपाल गौतम, हृयराज थिङ, सलिना ठाडा, शान्ति स्याङ्तान, चेतबहादुर शिवभक्ति, डोलप्रसाद भट्ट, मोहनराज स्याङ्तान, केशवप्रसाद गौतम, सीताकुमारी अधिकारी लगायत रहेका छन् ।
वडास्तरमा बालसंरक्षण समितिको आवश्यकता, महत्व, स्थानीय बालसंरक्षणको सवाल लगायतका विषयमा अन्तरक्रिया गर्दै समिति निर्माण गर्ने आफूहरुको अभियान अन्तर्गत मकवानपुरगढीमा बाल संरक्षण समित गठन कार्यलाई तिब्रता दिइएको बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रबन्धक कमल फुयालले जानकारी दिए । प्रबन्धक फुयालका अनुसार मकवानपुरगढीका आठ वटै वडामा बालसंरक्षण समिति गठनको कार्यमा प्लान इन्टरनेशनलसंग सहकार्य भइरहेको हो ।
यसअघि मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ का अध्यक्ष आइतसिं लोको अध्यक्षतामा १७ सदस्यीय, वडा नम्बर ४ मा वडाअध्यक्ष रामप्रसाद तिमल्सिनाको अध्यक्षतामा नौ सदस्यीय र वडा नम्बर ८ का अध्यक्ष कुमार घिसिङको अध्यक्षतामा १५ सदस्यीय बाल संरक्षण समिति निर्माण गरिएको थियो ।
मकवानपुरका विभिन्न गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउँने अभियान अन्तर्गत बाल संरक्षणको कार्यमा मकवानपुरमा आफूहरुले स्थानीय तह तथा विभिन्न साझेदार संस्थासंगको सहकार्यमा योजनाबद्घ रुपमा विभिन्न कार्य गर्दै आइरहेको बालकल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिए ।
