दुई देशका प्रधानमन्त्री ओली र मोदी बिच भेटवार्ता
काठमाडौँ २८ वैशाख । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सम्पन्न भएको छ ।
यहाँस्थित द्वारिकाज होटलमा आज साँझ भएको एक्लाएक्लै भेटवार्तामा भएको द्विपक्षीय आपसी हितका विविध विषयमा विचारविमर्श भएको बताइएको स्रोतको जानकारी छ । । उक्त भेटवार्तापछि दुवै प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ । भारतीय प्रधानमन्त्री मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज यहाँ आईपुगेका हुन् ।
