५२ बर्षीय सुरेश गुप्ता मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७५ बैशाख २८, शुक्रबार १९:५८

इनरुवा २८ बैसाख । सुनसरीको सदरमुकाम इनरुवा–३ मा बिहीबार एकजना मृत अवस्थामा फेला परेका छन् ।

इनरुवा–३, बुढीबजै टोल बस्ने अन्दाजी ५२ वर्षीय सुरेश गुप्ता मृत अवस्थामा फेला परेका हुन् ।

आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहीबार गुप्ता मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*