१५ दिन भित्र अपराधिक गतिविधीमा कमी आउछः एसपी श्रेष्ठ

तु खबर संवाददाता
२०७५ बैशाख २७, बिहीबार २१:५३

मकवानपुर २७ बैशाख । मकवानपुरका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले १५ दिन भित्र मकवानपुर हुने गरेको अपराधिक गतिविधी कमी आउने ठोकुवा गरेका छन् ।
उनले जस्तो सुकै अपराध वा अपराधीलाई कुनै पनि हालतमा छुटकारा नदिन बताएका हुन् । वडा प्रहरी कार्यालय हेटौडा तथा ४ नम्बर वडा कार्यालयले आयोजना गरेको
शान्ति सुरक्षा अपराध नियन्त्रण र ट्रफिक व्यवस्थापन बिषयक अन्तरक्रिया कायक्रममा बोल्दै श्रेष्ठले अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, महिला हिंसा न्यूनिकरण, फरार अभियुक्त पक्राउ लगायतका काम आङ्खनो प्राथमिकतमा रहेको भन्दै डिउटिमा रहेका प्रहरीले फोनको प्रयोग गरेको पाईएमा आफुलाई जानकारी गराउन अनुरोध गर्दै जानकारी गरेमा पुरस्कृत समेत गरिने बताए ।

उनले जिल्ला प्रहरी कार्यालय परिसर र माताहतका प्रहरी ईकाहरुमा समेत मापसे र धुम्रपान सेवन गरी प्रहरी कार्यालय प्रवेशमा रोक लगाएको बताए ।
त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी निरीक्षक शिवराज बुढाथोकिले
अपराध नियन्त्रणका लागि सवैको सहयोग चाहिने भन्दै आङ्खनो मताहतमा रहेको क्षेत्रमा त्यस्ता अपराधिक घटना भएको पाईएमा तुरुन्तै एक्सन लिने बताए ।

टोल विकास संस्था समन्वय समितिका अध्यक्ष तथा ४ नम्बर वडा सदस्य राजेन्द्र वास्ताकोटीको सभाध्यक्षमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष माधव न्यौपाने, टोम्पो मझैला यातायात व्यवसायी संघ मकवानपुरका अध्यक्ष ज्ञानेन्द्र कार्की , एमालेका जिल्ला सदस्य भवानी शर्मा, नेपालि काग्रेस ४ नम्बर वडा अध्यक्ष हरि पौडेल, माओवादी केन्द«का वडा अध्यक्ष हरी ढकाल लगायता विद्यार्थी, स्थानिय , नागरिक समाजका प्रतिनिधी पत्रकारहरु को सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*