प्रथम प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

तु खबर संवाददाता
२०७५ बैशाख २७, बिहीबार १९:०७
file-photo

काठमाडौं, २७ बैशाख । राजधानीमा पहिलो प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेपालय इन्टरनेसनलको व्यवस्थापनमा र राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा हुने प्रतियोगिता आगामी जेठ १३ देखि २८ गतेसम्म सञ्चालन हुने छ भने प्रतियोगिताको विजेता टिमले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

सात वटा प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीले सहभागिता रहने प्रतियोगिता कीर्तिपुरस्थित त्रि वि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।

क्यान प्रतिबन्धमा परेका कारण राखेपको अगुवाइमा प्रतियोगिता गर्न लागेको र नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाएको एकदिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता जोगाइराख्नका लागि घरेलु एकदिवसीय प्रतियोगिताहरु आवश्यक रहेको राखेपका सदस्यसचिव केशवकुमार बिष्टले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*