एसपीले इन्काउन्टर गर्छु भनी भाषण गरेपछि मकवानपुरको सीडिओको प्रतिक्रिया : कानून विपरितको काम हुन्न

तु खबर संवाददाता
२०७५ बैशाख २७, बिहीबार १३:३७

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले प्रहरी प्रशासनले कानूनको दायराभन्दा बाहिर गएर काम नगर्ने बताएका छन् । मकवानपुरका एसपी लोकेन्द्र श्रेष्ठले अपराधीलाई इन्काउन्टर गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि यो विषय अहिले चर्चामा छ ।

केही दिनअघि मात्र कमाण्ड सम्हान्न मकवानपुर आएका श्रेष्ठले पत्रकार तथा उद्योगी व्यवसायीहरुको छुट्टाछुट्टै कार्यक्रममा अपराधीलाई इन्काउन्टर गर्न गृहमन्त्रीको आदेश समेत भएकोले आफूले अपराधी भाग्न खोजे इन्काउन्टर गर्ने बताएका थिए । यसै विषयमा हामीले मकवानपुरका प्रजिअ बुढालाई अपराधीलाई इन्काउन्टर गर्ने कानूनी अधिकार प्रहरीप्रशासनसँग छ भनी प्रश्न गरेका थियौँ ।

प्रजिअ बुढाले कानून भन्दा बाहिर गएर कसैलाई पनि कारवाही नहुने उनले स्पष्ट पारेका छन् । एसपी साहेबले त्यसो भन्नु भो होला भन्ने मलाई लाग्दैन, कसैलाई पनि कानूनको अधिनभन्दा बाहिर गई कारवाही नहुने बताएका हुन् ।
गृहमन्त्रीले नै इन्काउन्टर गर्न निर्देशन दिनुभएको रे नि भनी तु खबरले सोधेको प्रश्नमा सीडिओ बुढाले गृहबाट त्यस्तो निर्देशन नआएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*