५ वर्षपछि भिमफेदी जेल चलान

तु खबर संवाददाता
२०७५ बैशाख २६, बुधबार ०७:२८

हेटौँडा, २६ बैशाख । वि.सं. २०६९ फागुन १४ गतेको फैसलाले सवारी ज्यान मुद्धामा सजाय तोकी फरार रहेका एक पुरुषलाई जिल्ला कारागार कार्यालय भिमफेदीमा जेल चलान गरिएको छ ।

सवारी ज्यान मुद्दामा २ महिना १२ दिन सजाय तोकी फरार रहेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का ४४ वर्षीय राजुबहादुर स्याङ्तानलाई जेल चलान गरिएको हो । उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले सोही वडाको नयाँ बस्तीबाट पक्राउ गरी जिल्ला अदालत मकवापुरमा पेश गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*