‘अपराधीहरु डन होईनन् भुसुना हुन’–एसपी श्रेष्ठ

तु खबर संवाददाता
२०७५ बैशाख २६, बुधबार ०६:४७

हेटौँडा, २६ बैशाख । मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) लोकेन्द्र श्रेष्ठले अपराधीहरु डन नभई भुसुना भएको अभिव्यक्ति दिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघले मंगलबार गरेको स्वागत कार्यक्रममा बोल्दै उनले अपराधीहरु भुसुना जस्तो भएको बताएका हुन् ।

हेटौंडा नगरलाई २४ सै घण्टा खुल्ला राख्न सवैको सहयोग आवश्यक रहेको बताउँदै उनले अपराध कम गर्न जस्तो सुकै कदम चाल्न पनि तयार रहेको र परि आए इन्काउन्टर नै गर्ने बताए । उनले सहि सूचना दिएर सबैले प्रहरीलाई सहयोग गर्न पनि अनुरोध गरे । सिसिटिभीको वारेमा संघले गरेको कार्यको सह्रानागर्दै मर्मतको लागि जिल्लामा रहेको स्थानिय निकाय तथा सम्वन्धित सरोकारवाला निकायमा प्रस्तावना सहित जान आफु तयार रहेको बताए । मकवानपुर जिल्लामा गाँजाको खेती हुने गरेको भन्दै त्यस्ता कार्य गर्नेलाई विकल्पको रुपमा रोजगारी प्रदान गर्न निजीक्षेत्रकोसाथ आवश्यक रहेको कुरा बताउँदै उनले आफैबाट सुधार गर्न सके समाज आफै सुधार हुने बताए । उनले जघन्य अपराध, गुण्डागर्दी, चन्दा आतंक आफ्नो लागि असह्य हुने समेत बताए ।

संघका पूर्व अध्यक्ष तथा सल्लाहकार उत्तम शर्मा ढकालले संघले सामाजिक क्षेत्रमा पु¥याएका योगदानको चर्चा गर्दै मकवानपुुर लागू औषधको ट्रान्जिटको रुपमा परिचित भएको र यसको निर्मुलको लागि संघबाट गर्नु पर्ने सहयोग रहने बताए । त्यस्तै पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीले साईवर क्राईम, चन्दा आतङ्कको बारेमा ध्यानाकर्षण गराउदै यस्ता कार्यको अन्त गर्न मकवानपुर उद्योग वाणिज्य संघदेखि केन्द्रसम्म उपरिक्षकको कार्यमा सहयोग गर्ने बताए ।

संघका सल्लाहकार तथा होटल एशोसियसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माले होटल व्यवसाय सञ्चालनमा परेको समस्याका बारेमा बताए भने संघका पूर्व अध्यक्ष तथा सल्लाहकार भुवनलाल श्रेष्ठ तथा संघका कार्यकारी सचिव विवेक मानन्धरबाट हेटौडामा संघको पहलमा भएको सिसिटिभीका बारेमा अवगत गराउदै यस्को मर्मतमा आएको समस्या र स्वामित्व लिने बताए ।

कार्यक्रम संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको हो । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार केशव श्रेष्ठ, उत्तम शर्मा ढकाल, जीवनकाजी माकजु श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*