हेटौँडामा हेटौँडा कप टी–२० क्रिकेटको उद्घाटन खेलमा मकवानपुर विजयी

तु खबर संवाददाता
२०७५ बैशाख २३, आईतवार २२:०९
file-photo

हेटौँडा, २३ बैशाख । क्रिकेट एशोसियशन अफ मकवानपुरको आयोजनामा आईतबारबाट हेटौंडामा सुरु भएको हेटौंडा कप टि ट्वान्टी क्रिकेटको उद्घाटन खेलमा सिमरा क्रिकेट क्लव बारालाई हराउँदै मकवानपुर क्रिकेट क्लव विजयी भएको छ ।

हेटौंडाको हुप्रचौरमा भएको खेलमा मकवानपुरले सिमरालाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको सिमराले निर्धारित ओभरमा अल आउट हुँदै १ सय ९ रन बनाएको थियो । उद्घाटनमा मकवानपुरका रामनरेश गिरीले ३ विकेट र क्याप्टेन रविन गुरुङले २ विकेट लिएका थिए ।

१ सय १० रनको लक्ष्यका मैदानमा ओर्लिएको मकवानपुरको १२ दशमलब २ ओभरमा ८ विकेटको क्षति व्यहोर्दै प्रतियोगिता जित्न सफल भयो । मकवानपुरका गिरीले ३ बिकेट लिदैं २९ रन बनाउँदै प्रतियोगिताको म्यान अफ द म्याच घोषित हुन सफल भए । कूल ८ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*