मकवानपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु
हेटौँडा, २३ बैशाख । आईतबार साँझ चट्याङ लागेर मकवानपुरमा ३ जनाको मृत्यू भएको छ । हल्का पानी र हावाहुरीसँगै परेको चट्याङ लागेर ३ जनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर हेटौंडा १६ हटिया चिसापनीमा १ र मनहरी गाउँपालिका वडा नम्बर २ मा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा हेटौंडा १६ हटिया चिसापनीका ६० वर्षिया कृष्ण बहादुर बलामी, मनहरी गाउँपालिका २ ठाडोखोला बस्ने वर्ष ३० का भिमलाल स्याङ्तान र उनकी ३ वर्षिया छोरी बिमला स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
