३ नम्बर प्रदेशसभाको दोस्रो अधिवेशन जेठ १ गते

तु खबर संवाददाता
२०७५ बैशाख २१, शुक्रबार २०:४२

हेटौँडा, २१ बैशाख । ३ नम्बर प्रदेशको प्रदेश सभाको दोस्रो अधिवेशन जेठ १ गते बाट सुरु हुने भएको छ । ३ नम्बर प्रदेशको आज बसेको मन्त्रीपरिषद बैठकले जेठ १ गते अधिवेशन आव्हानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको हो ।

असार १ गते आ.व २०७५–०७६ को बजेट ल्याउने तयारीमा रहेको प्रदेश सरकारले यसका लागि समयमै अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रदेश प्रमुखले अधिवेशन आह्वानको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि सचिवालयले बैठकको तयारी थाल्ने छ । अघिल्लो अधिवेशनमा सरकारले चालु आर्थिक बर्षको आय व्यय विवरण र विनियोजन विधेयक ल्याएको थियो ।

आयव्यय विवरण सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चालु आर्थिक बर्षका लागि चालु खर्चमात्रै गर्ने र समयमै आगामी आर्थिक बर्षका लागि विकासे योजनासहितको बजेट ल्याउने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*