मुख्यमन्त्री पौडेलको आरोप–‘केन्द्रले प्रदेशलाई केही नदिने मानसिकता बनाएको छ’

तु खबर संवाददाता
२०७५ बैशाख २०, बिहीबार १८:०६
file photo

हेटौँडा, २० बैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय सरकारले प्रदेश सरकारलाई केही नदिने मानसिकता बनाएको आरोप लगाएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज हेटौँडामा गरेको लगु उद्यमशीलता विकास सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले केन्द्रले कानुन समेत निर्माण नगरीदिँदा प्रदेशलाई अप्ठ्यारो परेको बताए ।

केन्द्र सरकार अझैपनि प्रदेश सरकारलाई केहि दिनुहुन्न भन्ने मानसिकतामा रहेको उनको आरोप छ । ‘केन्द्र सरकार एउटा भेडा फर्म समेत दिन्न भन्छ, स्थानीय सरकार सबै आफ्नो भन्छ अनि हामीले के गर्ने ?’ उनले भने, ‘केन्द्रले कानुन समेत निर्माण नगरेकोमा झन हामी अप्ठ्यारोमा छौँ ।’

मुख्यमन्त्री पौडेलले केन्द्रले कानुन निर्माण नगरी आफुहरुले गर्न नमिल्ने बताउँदै असारमा ल्याउनुपर्ने नीति तथा कार्यक्रममा समस्या पर्न सक्ने समेत उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*