हेटौँडा कमानेकी महिलालाई विदेशमा बेच्ने व्यक्ति पक्राउ

तु खबर संवाददाता
२०७५ बैशाख २०, बिहीबार १७:३४

हेटौँडा, २० बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेकी ४० वर्षीया एक महिलालाई ललाई फकाई ओमानमा लगेर बेचेको भन्दै प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।

वि.सं. २०७४ कार्तिक २६ गते बेचेको आरोपमा ताप्लेजुङको युफिया–९ घर भई हाल काठमाँडौ महानगरपालिकाको गौशाला स्थित ताप्लेजुङ पाथिभरा होटलमा बस्ने ३५ वर्षीय पेम्बा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

बेचबिखनमा परेकी महिला सोही होटलमा काम गर्थिन् । होटलमा काम गरिरहेकै समयमा शेर्पा सहितको टोलीले बिभिन्न प्रलोभन देखाई ललाई फकाई भारत हुँदै ओमानमा पुर्याइ बिक्री गरेको प्रहरीले जनाएको छ । त्यसयता फरार रहेका शेर्पालाई यही बैशाख १९ गते काठमाँडौबाट पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार, ऐन २०६४ अन्तर्गत मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*