सरकारको प्रदेश स्तरीय सुरक्षा गोष्ठी मकवानपुरमा सम्पन्न

तु खबर संवाददाता
२०७५ बैशाख १८, मंगलवार २०:१४

मकवानपुर १८ बैसाख । नेपाल सरकार गृह मन्त्रालयको आयोजनामा मकवानपुरको हेटौंडामा आज प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ । गृहमन्त्री रामबहादुर थापा (वादल) को प्रमुख अतिथ्यतामा भएको गोष्ठीमा मुलुकको शान्ति सुरक्षाको बिषयमा छलफल समेत गरीएको थियो । कार्यक्रमलाई गृह मन्त्री थापाले उद्घाटन गरे पछि मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले गोष्ठीमा हुने कार्यक्रमको बारे र मार्गदर्शन तथा उद्देश्यबारे सबैलाइ स्वागत गर्दै प्रष्ट्याएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल सरकारका गृहमन्त्री थापाले यातायात क्षेत्रमा रहेको सिन्डीकेटलाई अन्त्य गर्ने समेत बताएका छन् ।

उनले भने यसअधिका सरकारहरुले गरेको प्रयास विफल भएको छ तर हामि घुँडा टेक्दैनौं ।

कार्यक्रममा प्रदेशका १३ जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र प्रमुख जिल्ला अधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेल, प्रदेश नम्बर ३ का प्रमुख सचिव रेश्मिराज पाण्डे, प्रहरी प्रमुख सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख सैलेन्द्र खनाल लगायतकाको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*