विभागले सिण्डीकेट लगाएको औषधी व्यावसायीको आरोप
काठमाडौं, बैशाख १८ । औषधी व्यावसायीहरुले आफ्नो व्यवसायीमाथि औषधी व्यवस्था विभागले सिण्डीकेट लगाएको आरोप लगाएका छन् ।
नेपाल खाद्य, आयुर्वे्दिक, न्युट्रास्युटिकल तथा कस्मस्युटिकल समाजको दोस्रो अधिवेशन कार्यक्रममा सहभागी व्यावसायीहरुले आहारपुरक खानाहरु बेच्न नदिने भन्दै विभागले सिण्डीकेट लगाउन खोजेको बताएका हुन ।
नेपाली बजारमा बर्षेनी ४० अर्ब बराबरको औषधी खपत हुने गरेको बताए । यस आर्थिक बर्षमा २३ अर्व बराबरको न्युट्रास्युटिकल औषधी आयात गरिएको व्यावसायीहरुले जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्दै खाद्य प्रविघि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत विमल दाहालले आहारपुरक निर्दे्शिका पास हुने क्रममा रहेको भन्दै निर्दे्शिका पास भएपछि आहारपुरक खानाहरुको विक्री सम्बन्धि अनुगमन गर्ने बताए ।
