एसपी खनाल सुनकाण्डका कारण निलम्बित भएपछि मकवानपुरमा नयाँ एसपी आउँदै

तु खबर संवाददाता
२०७५ बैशाख १७, सोमबार १८:१८

हेटौँडा, १७ बैशाख । केही समयअघि सम्म मकवानपुरका प्रहरी प्रमुख (एसपी) का रुपमा रहेका एसपी विकासराज खनाल ३३ किलो सुनकाण्डमा मुछिएर निलम्बनमा परेपछि उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले नयाँ एसपीलाई सरुवा गरी पठाएको छ । उनलाई काजमा सरुवा गरी पठाइएको हो ।

कार्यालयले ४ जना एसपीको सरुवा गर्ने क्रममा एसपी लोकेन्द्र श्रेष्ठलाई मकवानपुरमा सरुवा गरी पठाएको हो । त्यस्तै केन्द्रिय अनुसन्धान ब्युरोका एसपी जीवन श्रेष्ठलाई सिराह, एसपी राजन अधिकारीलाई सुनसरी र एसपी डम्बरबहादुर विकलाई धादिङमा सरुवा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*