हेटौँडामा ३० जनाले गरे रक्तदान
हेटौँडा, १७ बैशाख । नेपाल ट्रेड यूनियन काँग्रेस जिल्ला कार्यसमिति मकवानपुरले आयोजना भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । १२९ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४ महिला र २६ पुरुषले रक्तदान गरेको ट्रेड यूनियन काँग्रेस मकवानपुुरका अध्यक्ष यम श्रेष्ठले जानकारी दिए ।
नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) मकवानपुरको प्रायोजनमा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णुप्रसाद लामिछाने, सल्लाहकार रामचन्द्र अर्याल ‘माइकल, निवर्तमान अध्यक्ष रघुरमण न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
