बुद्ध जयन्तीका अवसरमा हेटौँडामा दिप प्रज्वलन हुँदै, सोमबार बिहान र्याली हुने
हेटौँडा, १६ बैशाख । २५६२ औँ बुद्ध जयन्तीका अवसरमा आईतबार साँझ हेटौँडको बुद्धचोकमा दिप प्रज्वलन हुने भएको छ । आज साँझ ६ बजे ह्याङ्ला तामाङ समाज, हेटौडाको आयोजनामा दिप प्रज्वलन तथा लामागुरुबाट पुजा गरिने समाजका अध्यक्ष आत्माराम मोक्तानले जानकारी दिए ।
र्याली र दिप प्रज्ललनको लागि सबै तयारी पुरा भएको २५६२ औँ बुद्ध जयन्ती मुल समारोह समितिले जनाएको छ । बुद्ध जयन्तीकै अवसरमा भोलि बिहान ८ बजे हेटौँडा बसपार्कको साङ्तोक पलरी गुम्बाबाट बृहत र्याली गरी बजार परिक्रमा गरिने भएको छ । र्यालीमा मकवानपुरे तामाङ सहित लामा गुरु, तामाङ गुठीका सदस्यहरु समेत तामाङ भेषभुषामा सजिएर सहभागी हुने तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलानले जानकारी दिए ।
बजार परिक्रमा गरिसकेपछि र्याली पूनः गुम्बा परिसरमा वाङ अभिषेक तथा प्रसाद ग्रहण गरेर सकिनेछ ।
