मकवानपुरमा जारी भेट्रान राष्ट्रिय सेभेन ए साईड फुटबलको उपाधि मदन भण्डारी स्र्पोट्स एकेडेमीले जित्यो
मकवानपुर १५ बैशाख । मकवानपुरमा भएको मदन भण्डारी स्पोट्स कप भेट्रान राष्ट्रिय सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि मदन भण्डारी स्र्पोट्स एकेडेमीले जितेको छ ।
हेटौंडाको हुप्रचौरमा आज भएको फाईनल खेलमा एकेडेमीले चितवन भेट्रानलाई ट्राइब्रेकरमा ३–१ को गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकर भएको थियो निर्धारित समयमा मदन भण्डारीको तर्फबाट राकेश श्रेष्ठ तथा कृष्ण मालाकार तथा चितवनको तर्फबट दिपक कार्की र रविन्द्र श्रेष्ठले गोल गरेका थिए ।
ट्राइब्रेकरमा भने विजेता एकेडेमीको तर्फबाट निमा लामा, विजय श्रेष्ठ तथा कृष्ण मालाकारले गोल गर्दा चितवनको तर्फबाट यम गुरुङले मात्र गोल गर्न सफल बने । प्रतियोगिताभर सर्वोत्कृष्ट प्रर्दशन गरेका एकेडेमीमा लामा विजय यूथ क्लब म्यान अफ द सिरिज हुँदै नगद १५ हजार पुरस्कार जित्न सफल बन्दा फाइनल खेलमा भने चितवनका दिपक कार्की म्यान अफ द म्याच भए ।
प्रतियोगिताको विजेता एकेडेमीलाई नगद ५० हजार सहित शिल्ड मेडल तथा प्रमाणपत्र प्रमुख अतिथि प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हस्तान्तरण गरे । प्रतियोगिताको उपविजेता चितवनले नगद २५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल बन्यो ।
बैशाख १३ गतेबाट सुरु हुने प्रतियोगितामा देश भरका १२ वटा टिमले सहभागिता जनाएका थिए ।
