दिल्ली डेयर डेभिल्सका कप्तान गम्भीरले दिए राजिनामा

तु खबर संवाददाता
२०७५ बैशाख १२, बुधबार १९:३२

काठमाडौँ, १२ बैशाख । टिमको खराब अवस्थाको सम्पुर्ण जिम्मा लिँदै टिम दिल्ली डेयर डेभिल्सका कप्तान गौतम गम्भीरले कप्तानबाट राजिनामा दिएका छन । पहिलो खेलका अर्धशतक बनाएका उनले बाँकी ५ खेलमा राम्रो गर्न सकेनन् । उनले दिल्लीमा पत्रकार सम्मेलन गर्दै राजिना दिएका हुन् ।

गम्भिरको स्थानमा अब नयाँ कप्तान श्रेयस ऐयर आउने भएका छन् । आइपीएलका बाँकी खेलमा दिल्ली ऐयरको कप्तानीमा खेल्नेछ । यसअघि कोलकाता नाइट राइडर्समा रहेका गम्भीरको उपलब्धि र अनुभवलाई हेरेर दिल्लीले अक्सन मार्फत उनलाई टिमको कप्तानमा अनुबन्धित गरेकोे थियो । तर, जारी सिजनको अघिल्लो ६ खेलमा ५ वटा खेल हारेपछि उनको आलोचना भएको थियो ।

गम्भीरले कोलकाताको कप्तानी सम्हालेर दुई आईपीएल उपाधि जितिसकेका छन् । एक खेल मात्र जितेको दिल्ली अंक तालिकाको पुछारमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*