ईन्द्रसरोवर रनिङ शिल्ड देउराली सेवा समाजको पोल्टामा

तु खबर संवाददाता
२०७५ बैशाख ११, मंगलवार १९:५१

-आशबहादुर लामा

मकवानपुर, ११ बैशाख । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा भएको प्रथम ईन्द्रसरोवर रनिङ शिल्ड फुटबल प्रतियोगिता देउराली सेवा समाजले जितेको छ । ईन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोग र ईन्द्रसरोवर युवा तथा खेलकुद विकास समितिद्वारा अयोजित प्रतियोगिताको आज भएको फाईनल खेलमा लिटल स्टार युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

आज नै भएको पहिलो खेलमा नाटेश्वरी युवा क्लवले कुलेखानी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै तेस्रो हुन सफल भएको  छ ।

उपाधी विजेताले नगद ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेताले पनि नगद ३० हजार र शिल्ड तथा मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै तेस्रो हुने टिमले नगद १० हजार र शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा गाउँपालिका भित्रका १० टिमको सहभागिता रहेको थियो ।

खेलको समापनमा कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विरोध खतिवडा, विशेष अतिथि ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामा, पूर्व साँसद सुवास चन्द्र ठकुरी, कलाकारहरू बद्री पंगेनी, सविता राना, जीवन परियार लगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*