ईन्द्रसरोबर फुटबल प्रतियोगिता : ग्याङ स्टार र लिटल स्टार विजयी

तु खबर संवाददाता
२०७५ बैशाख ७, शुक्रबार ०९:०७

–आशबहादुर लामा
मकवानपुर, ७ बैशाख ।
उत्तरी मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर २ कुलेखानी हेवीमा बुधबारदेखि सुरु भएको प्रथम गाउँपालिका स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीबार ३ खेल भएका छन् ।

प्रतियोगिताको हिजो भएको पहिलो खेलमा नाटेश्वरी युवा क्लब र बत्सलादेवी युवा क्लब बराबरीमा रोकिएका छन् । त्यस्तै दोस्रो खेलमा लिटल स्टार युवा क्लबले नव जागरण युवा क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै तेस्रो खेलमा ग्याङस्टार युवा क्लबले बत्सलादेवी युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

ईन्द्रसरोवर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा खेल सुरु भएको हो । प्रतियोगितामा १० वटा टिमहरु सहभागि छन् । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले २० हजार तथा तेस्रो हुने टिमले नगद १० हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई पनि शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*