त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अझै बन्द, चिप्लिएको विमानलाई हटाउने तयारी हुँदै

तु खबर संवाददाता
२०७५ बैशाख ७, शुक्रबार ०८:३९

काठमाडौ, ७ बैशाख । काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान बोइङ ७३७–९ जीपी (इआर) कोटेश्वरतर्फको धावनमार्गमा गएराति चिप्लिएर धावनमार्ग छाडेपछि रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ । यो समाचार तयार पार्दासम्म पनि विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन ।

राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।

उक्त जहाज हटाउन प्रयास जारी रहे पनि कम्तिमा २ घण्टाभन्दा बढी लाग्ने बताइएको छ । चालक दलका सदस्यसहित १३९ जना यात्रु रहेको विमानमा सबै यात्रु सकुशल रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*