युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा
युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट राजीनामा दिएका छन् । संघको जारी केन्द्रीय कमिटीको बैठकमा उजले राजीनामा दिएको जानकारी गराए । गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष पहारी प्रदेश ४ अन्तर्गत कास्की क्षेत्र नं ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि संगठनको जिम्मेवारी हस्तान्तरण गर्न राजीनामा दिएको उनले जानकारी गराए ।
०७२ असोजमा संगठनको महाधिवेशन गर्ने जिम्मेवारी सम्हालेका पहारीले महाधिवेशनको समय दुई पटक तोकेर स्थगन भएको थियो । संगठनको केन्द्रीय कमिटीले नयाँ अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने सम्भावना बढेको छ ।
संघका उपाध्यक्ष दीलु पन्त, सचिव नरेश शाहीलगायतले वाइसिएलसँग एकता गरी महाधिवेशनबाट नयाँ नेतृत्व निर्माण गर्नुपर्ने समयमा अध्यक्षले दिएको राजीनामाले संगठनमा लोकतान्त्रिक प्रणालीबाट नेतृत्व चयन हुन नसक्ने प्रतिक्रिया दिए ।
