राप्रपा मकवानपुरको अध्यक्षमा अधिकारी
मकवानपुर ५ बैसाख । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको अध्यक्षमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका मधुकर प्रसाद अधिकारी लाई जिम्मेवारी प्रदान गरीएको छ ।
उनलाई पार्टी केन्द्रीय कार्यालयबाट समेत पत्र आईसकेको स्रोतले जानकारी दिएको छ । मकवानपुरमा यसअघि गणेश थापाले अध्यक्षको कार्यभार सम्हालेका थिए । थापाले राजिनामा दिएपछि नयाँ अध्यक्ष चयन नभएसम्मका लागि अधिकारीलाई जिम्मेवारी दिईएको समेत स्रोतको जानकारी छ ।
