उद्योग वाणिज्य संघका अध्ययन भ्रमण टोलीलाई दमकमा स्वागत

तु खबर संवाददाता
२०७५ बैशाख ५, बुधबार १७:५२

मकवानपुर, ५ बैशाख । मकवानपुर उद्योग वाणिज्य संघका अध्ययन अवलोकन भ्रमण टोलीलाई दमकमा सम्मान तथा स्वागत गरिएको छ । आज सो स्थानमा पुगेका भ्रमण टोलीलाई दमक उद्योग बाणिज्य संघले छलफलसहित स्वागत सम्मान गरेको हो ।

मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा न्यौपानेले संघको गतिविधि प्रकाश पारेका थिए । त्यस्तै दमक उद्योग वाणिज्य संघका अध्यक्षले भ्रमणको वारेमा प्रकाश पारेका थिए । संघका कोषाध्यक्षले आफ्नो संघले गरेका र गर्नु पर्ने कार्यको वारेमा जिज्ञाषा राखेका थिए भने दमकका उद्योग वाणिज्य संघवाट उक्त क्षेत्रमा संघले गरेका वारेमा जानकारी गराउदै जिज्ञासा बारेमा प्रष्ट पारेका थिए ।

भ्रमणवाट दुई उद्योग वाणिज्य संघ विचको भए गरेका गतिविधि वारेमा प्रकाश हुनुका साथै आगामी दिनमा दुवै संघको सहकार्य गरि अगाडी बढ्ने र आपसी गरेका कार्यहरुको बारेमा आदान प्रदान गरिएको थियो । भ्रमण टोलीलाई संघको तर्फवाट खादा, टिका लगाउदै एक मायाँको चिनो समेत आदान प्रदान गरिएको थियो । कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष लगायत २२ जनाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*