हात्तीले भत्काएको घर बनाउन पूर्व गृहराज्यमन्त्री बानियाँद्वारा सहयोग
हेटौँडा, ५ बैशाख । पूर्व गृह राज्यमन्त्री एवं ३ नम्बर संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले एक परिवारलाई घर बनाउन बुधबार १२ हजार रुपियाँ सहयोग गरेका छन् ।
करिब एकवर्षअघि जंगली हात्तीले घर भत्काएर त्रिापलमुनि बस्न बाध्य मनहरी गाउँपालिका ५ डिल्लीपुर निवासी ५२ वर्षिया मनमाया नेपालीलाई घर बनाएर बस्न केही राहत पुगोस् भन्ने उद्देश्यले सो रकम सहयोग गरिएको बानियाँले बताए ।
दुई १० वर्षीया जुम्ल्याहा छोरा र छोरी तथा १३ वर्षीया छोरीसहित ४ जनाको परिवार वर्षा लागिसक्दा पनि त्रिपालमै रात गुजार्न बाध्य रहेको र आफ्ना छोराछोरीलाई विद्यालय भर्ना गर्नसमेत नसकेको मनमायाले गुनासो गरिन् ।
नेता बानियाँले नेपालीका छोराछोरीलाई विद्यालय ड्रेस केहीदिन भित्रै उपलब्ध गराईदिने र निःशुल्क पठनपाठनको व्यवस्था मिलाउन पहलसमेत गर्ने आश्वासन दिएका छन् ।
