मकवानपुरे युवा अगुवा सन्तोष चौँलागाईको सराहनीय काम
मकवानपुर, ४ बैशाख । मकवानपुरे युवा अगुवा सन्तोष चौँलागाईले बालबालिकालाई शिक्षाबाट बञ्चीत नगराउनका लागि सराहनीय कार्यको थालनी गरेका छन् । जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष समेत रहेका चौँलागाईँले मनहरीको रोटरी राष्ट्रिय माविमा स्थानीय सिर्जना प्रजालाई भर्ना गराई अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका छन् ।
समितिका तर्फबाट आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष चौँलागाईले सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर उपलव्ध गराउन सबैसंग आग्रह गरे । चौलागाईले सरकारले अभियानको रुपमा संचालन गरेको विद्यार्थी भर्ना अभियानलाई समर्थन गर्दै आफुहरु पनि अभियानमा जोडिएको बताए । उनले मकवानपुरमा विद्यालय जाने उमेरका २ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको र विद्यालय छोड्ने दर १२ प्रतिशत रहेको भन्दै विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन सबैसंग आग्रह गरे ।

पत्रकार सम्मेलनमा बोल्दै उनले विद्यालय नगएका बालबालिकाको खोजी गरी सामुदायिक विद्यालयमा भर्ना गराई अभिभावकत्व ग्रहण गर्न समेत सबैसंग अनुरोध गरे ।
