मनहरीमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम

तु खबर संवाददाता
२०७५ बैशाख २, आईतवार २०:४१

मकवानपुर, ०२ बैशाख । मकवानपुरको मनहरी गाउँपालिकामा गाउँपालिका स्तरीय मनोसामाजिक तथा मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सम्पन्न भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित धनेश्वरी महादेव जागृति बचत तथा ऋण सहकारी संस्थाको आयोजना र महिला तथा बालबालिका कार्यालय मकवानपुर र यातना पिडीत सरोकार केन्द्र नेपाल बाँसबारी काठमाडौँको सहयोगमा मनहरीवासीका लागि कार्यक्रम गरिएको हो ।

भुकम्प पश्चात समाजमा देखा परेका मानासिक समस्याहरु समाधन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सहभागीहरुलाई मनोसामाजिक समस्याका कारण, मनोसामाजिक समस्याका सामान्य लक्षणहरु तथा निराकरणका उपायहरुका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्यता र महिला तथा बालबालिका कार्यालय प्रमुख विष्णुकुमारी लामिछानेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा धनेश्वरी महादेव जागृति बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मिठ्ठु कुमारी मोक्तानको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा मनहरी गाउँपालिकाका वडा नम्बर २,३,७ र ८ का वडाअध्यक्षहरुसहित विभिन्न सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा यातना पिडित सरोकार केन्द्रका लेखनथ पौडेल र निर्मला उप्रेतीले सहजिकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*