पानीमा डुबेर २ जनाको मृत्यु
काठमाडौं, २ बैशाख । चितवन र मोरङमा पानीमा डुबेर २ जनाको ज्यान गएको छ । चितवनको भरतपुर महानगरपालिका–१० पुजा फनपार्कस्थित स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा सोही नगरपालिका–१७ बस्ने २१ बर्षीय कालु गुरुङको शनिबार डुबेर मृत्यु भएको छ ।
मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनबर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार डुबेर सोही नगरपालिका–२ बस्ने ५५ बर्षीय मग्ना मियाको मृत्यु भएको छ । घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
