सवारी दुर्घटनामा १० को मृत्यू, १३ घाइते

तु खबर संवाददाता
२०७५ बैशाख २, आईतवार २०:१७
File Photo

काठमाडौं, २ बैशाख । मुलुकका विभिन्न स्थानमा भएको छुट्टा–छुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यू हुनुका साथै १३ जना घाईते भएका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित सडकमा थानकोटबाट कलंकीतर्फ जाँदै गरेको बा.१७ च ९३३० नम्बरको गाडीले बा.८० प ९२२३ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौं चन्द्रागिरी नगरपालिका नैकाप बस्ने धादिङ गल्छी गाउँपालिका–४ का ४२ बर्षीय सनबहादुर तामाङको ओम समाज अस्पताल सतुंगलमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको राप्ती गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा को.२ च.७५१ नम्बरको जिपले सोही स्थान बस्ने सुरेश नेपालीको छोरा ६ बर्षीय सुदन नेपालीलाई शनिबार ठक्कर दिंदा गम्भीर घाइते भई उपचारको लागि लमही अस्पताल लमही लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । जिप र जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको सुन्दरहरंैचा नगरपालिका–१० स्थित सडकमा खोर्सानेबाट केराबारीतर्फ जाँदै गरेको को.२८ प ८०९० नम्बरको मोटरसाइकल शनिबार अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक मोरङ कानेपोखरी गाउँपालिका–८ बस्ने २२ बर्षीय सुजन कोइरालाको उपचारको क्रममा धरान घोपा अस्पतालमा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सुन्दरहरंैचा नगरपालिका–८ बस्ने २४ वर्षीय अनिस भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चितवनको राप्ती नगरपालिका–२ गडौलीस्थित सडकमा ना.१ ज ३६०९ नम्बरको सुमो गाडी शनिबार अनियन्त्रित भई सडक छेउमा पल्टिदा गाडीमा सवार चालक सहित १० जना घाइते भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लैजाने क्रममा मकवानपुर बर्षामाडी बस्ने २१ बर्षीया गोमा दललको बाटोमै मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–४ कोटिहोममा बिग्रिएर रोकी राखेको को.१ ख ४८८७ नम्बरको ट्रकमा आइतबार मे.२ प ५४१६ नम्बरको मोटरसाइकल ठक्कर खाँदा घाइते भएका मोटरसाइकल चालक झापा कन्काई नगरपालिका–३ सुरुङ्गा बस्ने २४ बर्षीय बिष्णुसूर्य मगरको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही स्थान बस्ने २५ बर्षीय निमेश गुरुङको सोही अस्पतलमा उपचार भइरहेको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी बिर्तामोड नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मे.१ प १३७१ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका साईकलयात्री सोही नगरपालिका–१ बस्ने ३५ बर्षीय प्रेम राईको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा शनिबार मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । धादिङको धुनीबेशी नगरपालिका–२ कुखुरेचौरस्थित सडकमा बा.२ ख ११६२ नम्बरको गाडी शनिबार अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्न गई दुर्घटना हुँदा घाइते भएकी सोही नगरपालिकास्थित इँटाभट्टामा काम गर्ने सर्लाहीका ६० बर्षीया मसनीमायाँ बराइलीको वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–३ पाटुस्थित सडकमा ज.१ ह २७७ नम्बरको ट्याम्पु शनिबार अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खस्दा ट्याम्पुमा सवार सोही नगरपालिका–१३ बस्ने ५८ बर्षीय अजय गुजराल लगायत ४ जना घाइते भएपछि उपचारको लागि जनसेवा अस्पताल बर्दिबास लगिएकोमा उपचारको क्रममा गुजरालको मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित पंचरदोबाटोमा स.१ त १८८४ नम्बरको ट्याक्टरमा काम गर्ने सोही स्थान बस्ने २५ बर्षीय मिलन राई शनिबार ट्याक्टरबाट ओर्लने क्रममा लडी गम्भीर घाइते भई उपचारको लागि केएमसी अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा राईको मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित सडकमा बर्दिबासबाट बिरामी लिएर आउँदै गरेको स.१ च ११९१ नम्बरको ऐम्बुलेन्स आइतबार पार्किङ गरी राखेको ना.५ ख ६२०९ नम्बरको ट्रकमा ठक्कर खाँदा एम्बुलेन्समा सवार बिरामी सहित ४ जना घाइते भएकोले उपचारको लागि जनसेवा अस्पताल बर्दिबास लगिएकोमा महोत्तरी बर्दिबास नगरपालिका–३ बस्ने ७४ बर्षीय बिरामी जितबहादुर बिष्टको उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई नियन्त्रणमा लिई फरार एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*