मकवानपुर र पर्सामा १४ केजी गाँजा बरामद

तु खबर संवाददाता
२०७५ बैशाख २, आईतवार २०:०४
File Photo

काठमाडौं, २ बैशाख । मकवानपुर र पर्सामा गरि १४ केजीभन्दा बढी गाँजा बरामद भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलले छोडेर गएको झोलाबाट लागूऔषध गाँजा ४ किलो २ सय ७० ग्राम शनिबार बरामद भएको छ ।

प्रहरी चौकी लेवटको प्रहरीले उक्त ठाउँमा जाँच गर्ने क्रममा झोला फालेर मोटरसाइकल फरार भएपछि सोही झोलाबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।

त्यस्तै पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरस्थित रामजानकी मन्दिरको खाली जग्गामा राखिएको परालभित्र प्लाष्टिकको बोरामा लुकाई राखेको करीव १० केजी लागूऔषध गाँजा आइतबार प्रहरीले बरामद गरेको छ । फरार अभियुक्तहरुको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*