थामी समाजले गर्यो क्यालेण्डर सार्वजनिक
हेटौँडा, ०२ बैशाख । नेपाल थामी समाज मकवानपुरले क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार हेटौँडा १८ मा एक कार्यक्रमको आयोजना गरि क्यालेण्डर सार्वजनिक गर्नुका साथै शुभकामना आदान प्रदान कार्यक्रम गरिएको नेकपा माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए ।
संस्थाका धन कुमार थामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य जीवन गोले समाजसेवी भोला थापा, ज्योति उच्च माविका अध्यक्ष हर्क रम्तेल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम जितेन्द्र थामिले सञ्चालन गरेका हुन् भने कुसुम थामीले स्वागत मन्तव्य राखेकी थिईन् ।
