नेता बानियाँद्वारा बृद्ध कल्याणलाई २५ हजार सहयोग

तु खबर संवाददाता
२०७४ चैत्र ३०, शुक्रबार २१:४५

मकवानपुर, ३० चैत / नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृह राज्यमन्त्री एवं नेपाली काँग्रेस ३ नम्बर संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बृद्ध कल्याण केन्द्र ईपा पञ्चकन्यालाई २५ हजार ५ सय २५ रुपियाँ सहयोग गरेका छन् ।

जेष्ठ नागरिकहरुको सहयोगार्थ बृद्धकल्याण केन्द्रद्वारा चैत २१ गतेदेखि २९ गतेसम्म संचालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा नेता बानियाँले सो सहयोग रकम केन्द्रका अध्यक्ष सुरविक्रम ठकुरीलाई हस्तान्तरण गरेका हुन् ।

त्यस्तै सप्ताहमा गाउँपालिकाको लक्षित वर्ग कार्यक्रम अन्र्तगत ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई प्रमूख अतिथि बानियाँले उपहारसहित खादा ओडाएर सम्मान गरेका थिए ।

बृद्ध कल्याण केन्द्रका अध्यक्ष ठकुरीको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमूख अतिथि बानियाँ, भीमफेदी गाउँपालिका ८ का वडा अध्यक्ष जगतमान घिसिङ, नेपाली काँग्रेस मकवानपुरका सचिव आनन्द कठायत, जिल्ला सदस्य भीमसेन महत, क्षेत्रीय सभापति यतिराज सापकोटा, काठमाडौं मकवानपुर सम्पर्क मञ्चका संयोजक पुरुषोत्तम ठकुरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*