मकवानपुरे शिक्षाप्रेमीको आवाज–‘संघीयता आएपछि शिक्षाको मुद्धा जटिल बन्यो’
मकवानपुर, २९ चैत । देश संघियतामा रुपान्तरण भएपछि शिक्षाका मुद्धाहरु झन जटिल बन्दै गएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शिक्षक संगठन महिला विभाग मकवानपुरले ३९ औ शिक्षक दिवस एवं नयाँ वर्षको अवसरमा हेटौँडा क्याम्पसको सभा हलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वक्ताहरुले शिक्षाको मुद्धा जटिल बनेकोले सबै क्षेत्रको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ३ नं प्रदेससभा सदस्य जुनेली श्रेष्ठले शिक्षाको विकासका लागि आफूबाट कुनै कसुर बाँकी नराख्ने बताउँदै सबैले यसमा साथ दिन आग्रह गरे ।
३ नं प्रदेससभा सदस्य जुनेली श्रेष्ठ को प्रमुख आतिथ्यता तथा नेकपा एमाले मकवानपुर शिक्षा विभाग प्रमुख पद्मा पौडेलको विशेष आतिथ्यता रहेको कार्यक्रम संगठन उपाध्यक्ष लक्ष्मी गजुरेलको अध्यक्षतामा सम्पन्न भएको प्रचार बिभाग प्रमुख सुनिल गौतमले जानकारी दिए ।
