महानिरीक्षकद्वयलाई दर्जायनी चिह्न प्रदान

तु खबर संवाददाता
२०७४ चैत्र २९, बिहीबार १२:०७

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दर्जायनी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हाल्नुभएको छ

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खनालद्वयलाई महानिरीक्षकमा नियुक्त गर्ने
निर्णय गरेको थियो ।

 

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीबलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि पदबाट अवकाश पाएका छन् । – रासस

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*