बाग्मती गाउँपालिकामा कक्षा ८ को नतिजा प्रकाशन (रिजल्ट सहित)

तु खबर संवाददाता
२०७४ चैत्र २९, बिहीबार ०९:१४
Bagmati Gaupalika_Tukhabar

–प्रमोद राई
राईगाउँ, मकवानपुर, २९ चैत ।
मकवानपुरको बाग्मती गाउँपालिकाको आधारभूत तह कक्षा ८ को नतिजा एसईई परिक्षाकै ढाँचा अर्थात अक्षराङ्कन पद्धत्तिमा चैत २८ गते प्रकाशन गरिएको छ । प्रकाशित भएको नतिजा अनुसार बी र सी प्लस ग्रेड ल्याउने विद्यार्थीहरु बढी देखिएका छन् ।प्रकाशित भएको नतिजा अनुसार ए ग्रेड ल्याउने ५ जना, बी ग्रेड ल्याउने १३१ जना, बी प्लस ग्रेड ल्याउने ४७ जना, सी ग्रेड ल्याउने ८६ जना, सी प्लस ग्रेड ल्याउने १६७ जना र डी प्लस ग्रेड ल्याउने विद्यार्थी २० जना रहेका छन् ।

वर्तमान संविधानले माध्यमिक तह सम्मको शिक्षा संचालन तथा व्यवस्थापनको जिम्मा स्थानिय तहको अधिकारमा दिएसँगै गाउँपालिकाले पहिलो पटक आधारभूत तहको गाउँपालिका स्तरीय परीक्षा संचालन गरेको थियो । परीक्षाकेन्द्र सम्बन्धित विद्यालयलाई नै तोकिए पनि परीक्षा समिति र गाउँपालिकाबाट परीक्षाको अनुगमन गरिएको थियो ।

परीक्षा समाप्ति संगै उत्तरपुस्तिकाहरू गाउँपालिकाको शिक्षा शाखामा संकलन गरि परीक्षा उत्तरपुस्तिकाको कोडिङ र डिकोडिङ गरि सम्बन्धित विषयका शिक्षकहरूबाट शिक्षा शाखामानै परीक्षण गरिएको थियो । परीक्षण पश्चात आधारभूत तहको नतिजा एस ई ई जस्तै अक्षरांकन पद्धतिमा प्रकाशन गरिएको हो । नतिजा प्रकाशनको कार्यलाई सकेसम्म त्रुटिरहित बनाउन सफ्टवेयरको प्रयोग गरिएको श्रोतव्यक्ति रविन्द्रप्रसाद चौधरीले बताएका छन् । साथै जिल्लामा नै यसरी परीक्षा संचालन ,उत्तरपुस्तिका परिक्षण तथा नतिजा प्रकाशनको कार्य गर्ने गाउँपालिका बाग्मती गाउँपालिका मात्रै भएको स्रोतव्यक्ति चौधरीले दाबी गरेका छन् ।

गाउँपालिका स्तरीय परिक्षा समतिले यहि चैत्र ८ देखि १९ गते सम्म संचालित परीक्षामा गाउँपालिकाका १५ वटा विद्यालयका जम्मा ४५७ जना छात्रछात्राहरूको सहभागीता रहेको थियो । अनिवार्य पाँचवटा विषयहरूमा शैद्धान्तिक तर्फ कम्तीमा डी प्लस ल्याउने छात्रछात्राहरूले मात्रै कक्षा ९ मा अध्ययनको लागि योग्य हुने स्रोतव्यक्ति चौधरीले बताए । हेर्नुहोस् प्रकाशित रिजल्ट-

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*