प्रहरीद्वारा वैदेशिक रोजगार विभागबाटै २९ जना विचौलिया पक्राउ

तु खबर संवाददाता
२०७४ चैत्र २८, बुधबार १३:३६

मकवानपुर २८ चैत । वैदेशिक रोजगार विभागबाट प्रहरीले २९ जना विचौलियाहरुलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई १० गुणासम्म बढी रकम असुलेको , र सिधैं कार्यालयमा जान नदिने जस्ता गुनासो आएपछि आज प्रहरीले ३ जना महिला सहित २९ जनलाई पक्राउ गरेको हो ।

सेवाग्राही बनेर काठमाण्डौको ताहाचलस्थित श्रम तथा बैदेशिक रोजगार विभागमा पुगेको प्रहरी टोलीलाईनै विचौलियाहरुले तानातान गर्ने , बार्गेनिङ गर्ने जस्ता क्रियाकलाप गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिषर काठमाण्डौंका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*