एम.एड. प्रथम वर्षका विद्यार्थीलाई हेटौँडा क्याम्पसमा स्वागत

तु खबर संवाददाता
२०७४ चैत्र २७, मंगलवार २०:०१

मकवानपुर, २७ चैत । स्वतन्त्र विद्यार्थी युनियन हेटौँडा क्याम्पसद्वारा एम.एड. प्रथम वर्षका विद्यार्थीहरुलाई स्वाग तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ ।

क्याम्पसमा विभिन्न स्थानबाट भर्ना हुन आएका एम.एड.का ४८ जना विद्यार्थीहरुलाई आज एक कार्यक्रमको आयोजना गरि हेटौँडा ४ मा अवस्थित क्याम्पसमा स्वागत गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद दाहाल र क्याम्पसका कोषाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि कमान सिं पाख्रिनले टिका तथा डायरी दिएर नयाँ विद्यार्थीहरुको स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि दाहाल मायाको चिनो समेत प्रदान गरिएको थियो ।

हेटौँडा क्याम्पस स्ववियु अध्यक्ष उमेश पुरीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख देवचन्द्र मानन्धर, प्रध्यापक देवीराम लामा, अर्पण पराजुली, निवर्तमान स्ववियु अध्यक्ष अच्यूत पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा क्याम्पस स्ववियु उपाध्यक्ष अनिषा डोटेललले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*