सेवाग्राहीले थुनेपछि घुस माग्ने वन अधिकृत धुरुधुरु रोए
रामेछाप / सेवाग्राहीसँग ५ लाख घुस लिएर काठ लैजान अनुमति नदिएका जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई उनकै कार्यकक्षमा सेवाग्राहीले थुनिदिएका छन् । मगंलवार दिउँसो सेवाग्राहीसँग खयर जातको गोलिया काठ बाह्य जिल्लामा लैजाने अनुमति दिने बताएका थिए । तर, त्यसबापत ५ लाख रकम दिनुपर्ने भन्दै सेवाग्राहीसँग मागेका थिए । आक्रोशित सेवाग्राहीले उनलाई कार्यकक्षमै थुनेका हुन् ।
वन अधिकृत धुरुधुरु रुन थालेपछि त्यसको आवाज बाहिरसम्म सुनिएको थियो । पत्रकारहरुसमेत बोलाएर सेवाग्राहीले वन अधिकृतलाई भित्र थुनेका थिए ।
