चीनसँगको भएको सहमति नेपालले कार्यान्वयन गर्ने : नेता नेपाल

तु खबर संवाददाता
२०७४ चैत्र २७, मंगलवार १९:०२

काठमाडौँ ।  एमाले नेता माधवकुमार नेपालले चीन सरकारसँग भएका सहमति र सम्झौता पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् ।

नेपाल सांघाइ को–अपरेशन अर्गनाइजेसन एससिओ पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना भएको ‘क्षेत्रीय शान्ति प्रवद्र्धनः मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन चीन गएका नेता नेपालले चिनियाँ उच्च अधिकारीसँग छलफल गर्दै चीनसँग नेपालले गरेका सहमति र सम्झौताको कार्यान्यवन गर्ने बबताएको उनको सचिवालयले जानकारी दिएको छ ।

‘वान बेल्ट एण्ड रोड’ मा नेपालले सम्झौता गरिसकेको उल्लेख गर्दै एमाले विदेश विभागका प्रमुखसमेत रहेका नेता नेपालले यसबाट नेपालले लाभ लिने बताए ।

उच्च अधिकारीसँगको भेटमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको एकताले चीन खुशी भएको उनले बताए । “दुई पार्टीबीचको एकताको कुरालाई उहाँहरु निकै खुशी भए । एकता घोषणासभाका लागिसमेत चिनियाँ प्रतिनिधिलाई निम्ता दिएका छौँ”, उनले भने, “उहाँहरु एकताको बेला नेपाल आउने कुरा गरेका छन् ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेको नेता नेपालले चिनियाँ राष्ट्रपतिको भ्रमणका बारेमा पनि चिनियाँ उच्च अधिकारीसँग छलफल भएको जानकारी दिएको सचिवालयले जानकारी दिएको छ ।

यस्तै नेता नेपाललाई नेपाल–चीन सम्बन्धमा अतुलनीय योगदान पु¥याएबापत त्यहाँको नर्थ वेष्ट विश्वविद्यालयले मानार्थ प्राध्यापक प्रोफेसरको उपाधिसमेत प्रदान गरेको छ । नेता नेपालले सो अवसरमा सान्सी प्रान्तको सियान विश्वविद्यालयमा रहेको नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गरे ।

उनले नेपाली युवाले वाल छिमेकी राष्ट्र चीनमा गरेको प्रगतिबारे खुशी व्यक्त गरे । नेता नेपाल शुक्रबार स्वदेश फर्कने एमाले केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । -रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*