दुबै खनाल होलान् त आइजीपी ?

तु खबर संवाददाता
२०७४ चैत्र २७, मंगलवार ०९:२२

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रमुख को होला भन्ने सबैतिर कौतुहताको विषय छ । सर्वेन्द्र खनाल, रमेश खरेल र पुस्कर कार्की यि तीन जना डीआइजीबाट सरकारले नेपाल प्रहरीको प्रमुख नियुक्त गर्नेछ । त्यसका लागि अहिले बढुवा सिफारिस समितिको बैठक भइरहेको छ । साढे ९ बजे मन्त्रीपरिषद्को बैठक हुने भएकाले त्यसअघि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीका नयाँ आइजीपीको नाम सिफारिस समितिले निर्णय गर्नुपर्ने छ । नयाँ आइजीपी नियुक्ति प्रकृया विवादित नहोस् भनी सिफारिस समिति बनाइएको छ । यो ऐनमा भएको प्रावधान भने होइन ।

स्रोतका अनुसार, नेपाल प्रहरीका हालका डीआइजी सर्वेन्द्र खनाल नयाँ आइजीपी हुनेछन् भने सशस्त्र प्रहरी बलको नयाँ आइजीपी शैलेन्द्र खनाल हुने संभावना रहेको छ ।
प्रहरी ऐन नियमावलीमा सिनियर मध्येबाट कार्यसम्पादन मूल्यांकनसमेतको आधारमा एक जनालाई आइजीपी नियुक्त गर्न सक्ने अधिकार सरकारलाई भएपनि विगतमा आइजीपी नियुक्ति विवादित बन्दै आइरहेकोले सिफारिस समिति बनाएर आइजीपी नियुक्त गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*