नयाँ आइजीपी छान्न सिफारिस समितिको बैठक, को होला नयाँ आइजीपी ?
काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नयाँ आइजीपी नियुक्तिका लागि आज बिहान बढुवा समितिको बैठक बस्दैछ । आइजीपी बढुवाका लागि अहिले बिहान सिफारिस समितिको बैठक बस्न लागेको हो । अहिले बिहान ९ बजेर ३० मिनेटमा मन्त्रीपरिषद्को बैठक बोलाइएको छ । त्यसअघि नै बढुवा समितिको बैठक बस्ने छ ।
गृहसचिव प्रेमकुमार राईका अनुसार, अहिले सिफारिस समितिको बैठक बस्दैछ ।
नेपाल प्रहरीका आईजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजिपी सिंहबहादुर श्रेष्ठले बुधबारदेखि ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउने भएपछि नयाँ नेतृत्व नियुक्तिका लागि काम भइरहेको हो । नेपाल प्रहरीमा डिआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुस्कर कार्की मध्ये एक जना नेपाल प्रहरीको आइजीपी हुने छन् ।
सिफारिस समितिको सिफारिसका आधारमा संभवत अहिले केहीबेरमा बस्ने मन्त्री परिषद्को बैठकले नयाँ आइजीपी नियुक्त गर्नेछ ।
