छलफलबिनै पानीजहाज सञ्चालन सहमति

तु खबर संवाददाता
२०७४ चैत्र २७, मंगलवार ०८:०८
फाइल फोटो

काठमाडौँ । आजको नागरिक दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र कुनै छलफल नै नगरी बिना तयारी नेपाल र भारतबीच पानी जाहाज चलाउने सहमति गरेको समाचार छापेको छ ।

प्रधानमन्त्रीले यस विषयमा सम्बन्धित मन्त्रालयसँग पनि कुनै छलफल नगरेको उसको समाचारमा उल्लेख छ । भारत भ्रमणका क्रममा काठमाडौँमा रेल र नेपाल भारतबीच पानीजहाज चलाउने सहमित भएको थियो ।

यस वियमा सम्बन्धित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने छलफलै भएको थिएन। मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार भारतसँग सहमति भएको पानीजहाज सञ्चालन जस्तो ठूलो लगानीको विषयमा मन्त्रालयमा कुनै पनि छलफल भएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*